काठमाडौं। क्यानडाविरुद्धको एकदिवसीय सिरिजअन्तर्गत पहिलो खेलमा नेपालले १५० रन पूरा गरेको छ । त्रिवि क्रिकेट मैदानमा बिहीबार बिहानज टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३३ ओभरमा पाँच विकेट गुमाएर १५० रन पूरा गरेको हो । अहिले नेपालका आरिफ शेख र पवन सर्राफ खेलिरहेका छन् ।
यसअघि कुशल भुर्तेलले नेपालका लागि अर्धशत बनाए । ५८ बल खेलेका उनी ६८ रन बनाएर आउट भए । त्यस्तै कुशल मल्लले २०, भीम सार्कीले १७, रोहित पौडेल र आसिफ शेख समान ८ रन बनाएर आउट भए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २५ माघ २०८०, १२ : ०९
लेखकबाट थप