चितवनमा खाना अड्किएर एक जनाको मत्यु

सफल खबर संवाददाता

बुधबार, २४ माघ २०८०, ०८ : ४८
चितवनमा खाना अड्किएर एक जनाको मत्यु

चितवन । चितवनमा खाना खाने क्रममा अड्किएर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कालिका नगरपालिका ६ शान्तिटोलका ६८ वर्षीय आइतराम कुमाल रहेका छन् । 

कुमाल आफ्नै घरमा खाना खाने क्रममा अड्किएर बेहोस भएका थिए । उपचारका लागि भरतपुर अस्पताल ल्याउने क्रममा राती पौने ९ बजे उनको मृत्यु भएको चितवन प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस