काठमाडौं । पश्चिम नेपाल अन्तर्गत बाग्लुङ्गजिल्लाको दक्षिणी भेगमाअवस्थित कालुङ्गखोला आसपासबाट विभिन्न उद्देश्यले राजधानी काठमाडौंमाआई स्थाइ/अस्थाई बसोबास गर्दै आएका व्यक्तित्वहरूको भेला तथा तीज विशेष कार्यक्रम गोंगबुस्थित क्वालिटी क्याफेमा शनिबार सम्पन्न भएको छ ।
बयोबृद्ध अभिभावक कुल रत्न उपाध्याय (पौडेल) को सभापतित्व र बाग्लुङ्ग क्षेत्र नम्बर २ बाट निर्वाचित माननीय संसाद् देबेन्द्र पौडेलको प्रमुख आथित्यमा सम्पन्न कार्यक्रममा उक्त क्षेत्रबाट प्रतिनिधित्व गर्ने करिव एक सय जनाको उपस्थिती रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै माननीय सासद् देबेन्द्र पौडेलले त्यस क्षेत्रमा जन्मी हुर्की शिक्षादीक्षा आर्जन गरेर महत्त्वपूर्ण जिम्मेवारीमा रहेका सबैलाई स्थानीय स्तरका विकास निर्माण कार्यमा सहयोग पु¥याउन आह्वान गर्नुभयो । बाग्लुङ्गमा उल्लेख्य बजेट बिनियोजन भएको जानकारी दिँदै माननीय सांसद् पौडेलले उक्त बजेटको सदुपयोग गर्न र भौतिक पूर्वाधारको निर्माणमा सबै क्षेत्रको उत्तिकै चासो हुनुपर्ने कुरा औँल्याउनु भयो ।
कालुङ्गखोला सेवा समाज काठमाडौंद्वारा आयोजित उक्त कार्यक्रममा स्थानीय स्तरका आधारभूत सामाजिक कार्यक्रममा कसरी सहयोग पु¥याउन सकिन्छ भन्ने विषयमा छलफल भएको संस्थाका सल्लाहकार राजु पौडेलले बताउनुभयो । कार्यक्रममा राजेश बर्देवाले नेतृत्व गरेको कलाकारको टीमले परम्परागत तीजगीत प्रस्तुत गरेको थियो भने संस्थाको भावी योजना र अहिलेसम्मको प्रगतिको विषयमा संस्थाका अध्यक्ष सुमन शर्माले संक्षिप्त कार्य प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २४ भदौ २०७५, १६ : ११
लेखकबाट थप