दाङ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो पार्टी जनताको बहुदलीय जनवाद (जबज)को सिद्धान्तमा चलेको बताउँदै यसको विरोध गर्नेहरू कम्युनिस्ट हुन नसक्ने धारणा राखेका छन् ।
दाङ निर्वाचन क्षेत्र नम्बर १ देउखुरीमा पार्टीको भेलामा उनले जबजको सान्दर्भिकता आगामी दिनमा अझै बढ्दै जाने बताए । एकीकृत समाजवादी पार्टी सधै जनताको पक्षमा रहेको बताउँदै उनले देश तथा विदेशमा पनि पार्टीमा आकर्षण रहेको जिकिर गरे । उनले समाजवादी जागरण अभियानले समाजमा भावनात्मक सम्वन्ध कायम गर्ने बताए ।
जबज एमालेका तत्कालीन महासचिव स्व मदन भण्डारीले प्रतिपादन गरेको सिद्धान्त हो । यो २०४९ मा पारित भएको थियो । यसलाई अहिले एमालेले आफ्नो मार्गदर्शक सिद्धान्त मान्दै आएको छ । एमालेबाट टुक्रिएको एकीकृत समाजवादीका अध्यक्षले पनि यसैको वकालत गरेका छन् ।
यस्तै पूर्वमन्त्री एवं दाङ क्षेत्र नं १ का सांसद मेटमणि चौधरीले गणतन्त्रको रक्षाका लागि बनेको गठबन्धनको विकल्प नरहेको बताए । गठबन्धन कमजोर पार्न केही शक्तिले निकै बल गरे पनि उनीहरू निरन्तर असफल भइरहेको उनको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २० माघ २०८०, ०९ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यो कास्टिङ मात्र हो, प्रतिगामीहरू होसियार : माधव नेपाल
भाषा, संस्कृति तथा पहिचानको संरक्षण गर्नु राज्यको कर्तव्य हो : माधव नेपाल
ओली सरकार साना र प्रतिद्वन्द्वी पार्टीलाई समाप्त पार्न खोज्दैछ : माधव नेपाल
केपी ओली मुलुक सञ्चालनमा गम्भीर हुनुहुन्न : माधव नेपाल
प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीमा देशलाई लैजान हुँदैन : माधव नेपाल
कम्युनिष्ट भनिएकाहरूले मुलुक चलाए पनि जनता सन्तुष्ट छैनन् : माधव नेपाल