काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले देश तथा विदेशमा एकीकृत समाजवादीप्रति आकर्षण बढीरहेको बताएका छन् । दाङको लमहीमा क्षेत्रीय पार्टी कार्यकर्ता प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो बताएका हुन् । पार्टी प्रति जनताको विश्वास बढ्दै गएको भन्दै खुसी व्यक्त गरे।
उनले देश तथा विदेशमा पनि एकीकृत समाजवादीप्रति आकर्षण बढेको दाबी गरे । ‘हाम्रो पार्टीप्रति देश तथा विदेशमा आकर्षण बढ्दो छ,’ उनले भने, ‘गाउँ गाउँमा एकीकृत समाजवादी पार्टी रोज्ने लहर चलेको छ।’
नेपाली समाजवादको विषय बहुदलीय प्रतिस्पर्धा रहेको र अझै जनताको बहुदलीय जनवादको औचित्य नसकिएको बताए। ‘नेपाली समाजवादको विषय बहुदलीय प्रतिस्पर्धा हो। यसको औचित्य सकिएको छैन,’ उनले भने, ‘जनताको बहुदलीय जनवाद अझै सान्दर्भिक छ।’
जनताको समस्यानै मूल मुद्दाको विषय भएकाले जनतालाई माया गर्ने, गरिब विपन्न जनतालाई सम्मान गर्ने, स्वाभिमानी नेपालीलाई माया गर्नेगरी पार्टी कार्यकर्ताले भूमिका निर्वाह गर्नुपर्ने बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १९ माघ २०८०, १६ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यो कास्टिङ मात्र हो, प्रतिगामीहरू होसियार : माधव नेपाल
भाषा, संस्कृति तथा पहिचानको संरक्षण गर्नु राज्यको कर्तव्य हो : माधव नेपाल
ओली सरकार साना र प्रतिद्वन्द्वी पार्टीलाई समाप्त पार्न खोज्दैछ : माधव नेपाल
केपी ओली मुलुक सञ्चालनमा गम्भीर हुनुहुन्न : माधव नेपाल
प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीमा देशलाई लैजान हुँदैन : माधव नेपाल
कम्युनिष्ट भनिएकाहरूले मुलुक चलाए पनि जनता सन्तुष्ट छैनन् : माधव नेपाल