काठमाडौँ । प्रस्तावित मस्यौदा विधानमाथि छलफल गर्न नेपाल समाजवादी पार्टी(नेसपा)को केन्द्रीय कार्यकारिणी बैठक बस्दै छ । केन्द्रीय कार्यालय तीनकुनेमा दिउँसा १२ बजे बस्ने महासचिव रमेशप्रसाद यादवले जानकारी दिए । यस्तै पार्टी एकताको विषयमा समेत निर्णय हुने उनले बताए ।
‘मस्यौदा विधानमाथि छलफल गर्न बैठक बोलाइएको हो । आजको बैठकले माओवादीसँग पार्टी एकताको विषयमा समेत निर्णय हुन्छ’, उनले भने ।यादवका अनुसार मस्यौदा अनुमोदनका लागि शनिबार केन्द्रीय समिति बैठक बोलाएको छ ।
यही मङ्सिरको पहिलो हप्ता बसेको केन्द्रीय समिति बैठकले माओवादीसँग पार्टी एकता गर्नका लागि अध्यक्ष बाबुराम भट्टराई नेतृत्वमा एकता समायोजन समिति बनाएको थियो । पार्टीको विधान बनाउन मस्यौदा समिति गठन गरेको थियो । मस्यौदामाथि छलफल गरी आवश्यक परिमार्जन गरी पारित गर्ने यादवले बताए ।
नेसपाले आगामी बैशाखमा सम्मेलन गर्ने तयारी गरेको छ । तर एकता महाधिवेशन गर्ने कि राष्ट्रिय सम्मेलन गर्ने भन्ने विषयमा बाबुराम पक्षधर र महिन्द्र पक्षधरबिच विवाद देखिएको छ । बाबुराम पक्षधर पार्टीको महाधिवेशन गर्ने मुडमा देखिएका छन् । महिन्द्र पक्षधर एकता महाधिवेशन गर्ने मुडमा छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १९ माघ २०८०, १० : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल समाजवादी पार्टीको महाधिवेशन आज सकिँदै
सुरु भयो नेसपा (नयाँ शक्ति) को महाधिवेशन
नेपाल समाजवादी पार्टीको प्रथम अधिवेशन पोखरामा सुरु
पुराना राजनीतिक दलको घेराबन्दीका कारण नयाँ शक्तिले काम गर्न सकेन : नेसपा
नेसपाले श्रमिक दिवसको अवसरमा विभिन्न अभियानको घोषणा गर्ने
राजनीतिक मुद्दा मिल्ने शक्तिसँग सहकार्य गर्ने नेसपाको निर्णय