काठमाडौँ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को प्रथम महाधिवेशन सुरु भएको छ। काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आइतबार मध्याह्न महाधिवेशन उद्घाटन सत्र सुरु भएको हो।
नेसपा (नयाँ शक्ति) को महाधिवेशनमा करिब एक हजार पाँच सय प्रतिनिधि सहभागी छन्। महाधिवेशन उद्घाटन समारोहमा अन्य दलहरूलाई पनि नेसपा (नयाँ शक्ति) ले निम्त्याएको छ।
रास्वपा कार्यवाहक सभापति डिपी अर्याल, जनमत पार्टीका अध्यक्ष सिके राउत, नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरी, विवेकशील साझा पार्टीकी अध्यक्ष समीक्षा बाँस्कोटालगायत उपस्थित छन्।
नेसपा (नयाँ शक्ति) को महाधिवेशनमा अध्यक्ष पदमा बाबुराम भट्टराई, नेत्र चापागाईँलगायतले उम्मेदवारी दिने तयारी गरेका छन्। पार्टीले सकेसम्म सबै पदमा प्रतिस्पर्धाबाट नेतृत्व चुन्ने तयारी गरेको छ। महाधिवेशन माघ २९ गतेसम्म चल्नेछ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २७ माघ २०८१, १३ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल समाजवादी पार्टीको महाधिवेशन आज सकिँदै
नेपाल समाजवादी पार्टीको प्रथम अधिवेशन पोखरामा सुरु
पुराना राजनीतिक दलको घेराबन्दीका कारण नयाँ शक्तिले काम गर्न सकेन : नेसपा
नेसपाले श्रमिक दिवसको अवसरमा विभिन्न अभियानको घोषणा गर्ने
राजनीतिक मुद्दा मिल्ने शक्तिसँग सहकार्य गर्ने नेसपाको निर्णय
माओवादी केन्द्र र नेसपा एकता प्रक्रिया अगाडि बढाउन मोडालिटी तयार गर्ने निर्णय