काठमाडौँ । नेपाल समाजवादी पार्टी(नेसपा) ले परम्परागत राजनीतिक शक्तिले नयाँ शक्तिलाई घेराबन्दी गरेका कारण सफल हुन नसकेको आरोप लगाएको छ । पार्टी स्थापना दिवसको अवसरमा बुधबार राजधानीमा संकल्प प्रस्तावमार्फत सो पार्टीले उक्त आरोप लगाएको हो ।
पुराना राजनीतिक दलहरूले वैकल्पिक नयाँ शक्तिमाथि घेराबन्दी गरी ध्वंसात्मक नीति लिएकाले नयाँ शक्ति अगाडि बढ्न नसकेको उपाध्यक्ष समेत रहेकी दुर्गा सोवले बताइन् । ‘परम्परागत राजनीतिक शक्तिले नयाँ शक्तिलाई घेराबन्दी गरियो ।
ध्वंस गर्ने प्रयास निरन्तर जारी रह्यो । आफूलाई प्रतिस्थापन गर्ने भयले तत्कालीन सत्तासीन दलहरूले नयाँ शक्तिलाई चुनाव चिन्ह दिएन’, संकल्पपत्र वाचन गर्दै उनले भनिन्’ ‘आफ्नै चुनाव चिन्ह नभएकाले अन्य पार्टीको चिन्ह सापटी लिएर प्रतिस्पर्धा गर्नुपर्ने बाध्यताले नयाँ शक्तिको पहिचान गुम्यो ।
त्यस्तो अवस्थामा विचार मिल्ने शक्तिहरूसँग एकीकरण र ध्रुवीकरण गर्ने प्रयास गरे पनि सफल नभएको नेसपाले स्वीकारेको छ । साथै नयाँ शक्तिमा जोडिएका केही नेतृत्वका चरम सत्ता स्वार्थ र यथास्थितिवादी सोचका कारण पार्टी सफल नभएको तर्क गरेको छ ।
यस्तै पछिल्लो समय जनयुद्धबाट स्थापित भएको माओवादीसहित समाजवादी शक्तिहरूलाई रूपान्तरण गर्ने प्रयास समेत सत्ता स्वार्थका कारण सफल नभएको गुनासो गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ३० जेठ २०८१, १३ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल समाजवादी पार्टीको प्रथम अधिवेशन पोखरामा सुरु
नेसपाले श्रमिक दिवसको अवसरमा विभिन्न अभियानको घोषणा गर्ने
राजनीतिक मुद्दा मिल्ने शक्तिसँग सहकार्य गर्ने नेसपाको निर्णय
माओवादी केन्द्र र नेसपा एकता प्रक्रिया अगाडि बढाउन मोडालिटी तयार गर्ने निर्णय
नेसपाको केन्द्रीय समिति बैठक बस्दै
महिन्द्र सत्ताको अमूक स्वार्थमा लागेको बाबुराम पक्षको ठहर, माओवादीसँगको एकता सहमति खारेज