माछापुच्छ्रे बैंकद्वारा विद्यार्थीहरूलाई स्वीटर वितरण

सफल खबर संवाददाता

बुधबार, १७ माघ २०८०, १२ : ४२
माछापुच्छ्रे बैंकद्वारा विद्यार्थीहरूलाई स्वीटर वितरण

काठमाडौं। माछापुच्छ्रे बैंक लिमिटेडले सरकारी विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरेको छ ।बढ्दै गइरहेका जाडोलाई मध्यनजर गरेर आर्थिक अवस्था कमजोर रहेका विद्यार्थीहरूलाई आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत न्यानो कपडा वितरण गरिएको बैंकले जनाएको छ ।

 

बैंकका अनुसार कोशी प्रदेशको उदयपुरस्थित श्री आधारभूत विद्यालय (ईसीडी–८)सिवाई बेल्हा र श्री माध्यमिक विद्यालय कालीखोलाका विद्यार्थीहरूलाई विद्यालय पोशाकअनुसारको स्वीटरहरू वितरण गरिएको हो ।यसैगरी बैंकले मधेश प्रदेशको सिरहास्थित जनता आधारभूत विद्यालय मिर्चैयामा अध्ययनरत विद्यार्थीहरूलाई पनि जाडोको न्यानो स्वीटर हस्तान्तरण गरेको छ ।​​

 

 

बैंकले विद्यालयहरूसँगको समन्वयमा ती विद्यालयहरूमा अध्यनरत विपन्न, गरिब तथा जेहनदार बालबालिकाको स्वास्थ्यलाई मध्यनजर गर्दै जम्मा ३ सय १० थान स्वीटर वितरण गरेको हो ।​​​​​

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत देशका सातै प्रदेशहरूमा विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै  शिक्षा, स्वास्थ्य, दिगो विकास लगायतका  अन्य कामहरूमा स्थानीय निकायहरूसँग सहकार्य गर्दै आइरहेको छ ।

हरेक क्षेत्र र वर्गका ग्राहकलाई सरल र सहज बैंकिङ्ग सेवा पुर्‍याउने उद्देश्यका साथ बैंकले देशका ७ वटै प्रदेशमा १६५ शाखा, १२ एक्स्टेन्सन काउन्टर, १२७ शाखारहित बैंकिङ्ग सेवा, २०३ एटीएममार्फत १५ लाख भन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस