आधुनिकताको नाममा मौलिक पहिचानको तीज पर्वलाई भड्किलो बनाउनु हुँदैन : गृहमन्त्री थापा

सफल खबर संवाददाता

शनिबार, २३ भदौ २०७५, १९ : ३६
आधुनिकताको नाममा मौलिक पहिचानको तीज पर्वलाई भड्किलो बनाउनु हुँदैन : गृहमन्त्री थापा

काठमाडौ । चितवन काठमाडौ महिला सञ्जालको आयोजना राजधानी काठमाडौँमा वृहत तीज विशेष कार्यक्रम सम्पन्न गरेको हो ।
विभिन्न सामाजिक कार्य गर्दै आएको सञ्जाल हरेक बर्ष जस्तै यो बर्ष पनि विविध कार्यक्रम सहित आज तीज विशेष कार्यक्रम सम्पन्न गरेको हो । नेपाल सरकारका गृहमन्त्री रामबहादुर थापा (बादल)ले सो कार्यक्रम उद्धघाटन गरेका थिए ।

सो अवसरमा बोल्दै गृहमन्त्री थापाले आधुनिकताको नाममा हाम्रो मौलिक पहिचानको तीज पर्वलाई भड्किलो बनाउन नहुने बताए । उनले तीज पर्वलाई भड्किलो तरिकाले बनाउने गहृमन्त्रालयले कार्वाही गर्ने नीति नै बनाई यस्तो कार्य रोक्न सम्बन्धीत जिल्लालाई निर्देशन समेत दिएको बताए ।
मौलिक पर्वलाई भड्कीलो बनाउनु दुखद् पक्ष हो उनले भने क्षणिक रमाइलोको नाममा पर्वको खास महत्वको धज्जी उडाउनु जायज हो र ?
साथै उनले मौलिक तरिकाले मनाईएको यस किसिमको तीज कार्यक्रमले महिला एकता हुने तर्क समेत गरेका थिए ।

तीजको मौलिक महत्वलाई बुझाउन चितवनबाट काठमाडौँ आई विभिन्न पेशामा आवद्ध र बसोबास गर्ने दिदिबहिनी तथा दाजुभाईहरु एक दिन भए पनि एक ठाउँमा जमघट भई एकता कायम गर्न कार्यक्रम गरेका चितवन काठमाडौ महिला सञ्जालकी अध्यक्ष सावित्रि अधिकारीले सो अवसरमा जानकारी दिईन् ।

यस्तै कार्यक्रममा बोल्दै पूर्वमन्त्री विक्रम पाण्डेले महिला एकतालाई चितवन काठमाडौँका हरेक कार्यक्रम सफल सावित हुदै आएको बताए ।
कार्यक्रममा  बोल्दै महिला आयोगकी पूर्व अध्यक्ष नैनकला थापाले तीज गीतमा भित्रिएको छाडापनले यसको धार्मिक मूल्य, मान्यता र सांस्कृतिक परम्परा ओझेलमा परेको बताईन् ।

सञ्जालकी महासचिव रेनुका गुरुङ्गले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा अष्टे«लीयाको लागि नेपाली राजदुत लक्की शेर्पा, भलिबल सघका अध्यक्ष मनोरञ्जन शर्मा, नेता झक्कु सुवेदी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
साथै सञ्जालले यहि २५ गते अनाथ बालबालिका, वृद्धाआश्रम रहेका बुबाआमालाई समेत दर खुवाउने कार्यक्रम रहेको छ ।
विगत लामो समयदेखि  काठमाडौँमा नै सञ्जालले ‘हप्ताको दुई घण्टा सरसफाइलाइ ध्यान दिऊँ, सफा र स्वच्छ बनी आनन्दले जिऊँ’ भन्ने नारा नै तय गदै कार्यक्रम गर्दै आएको छ ।
कार्यक्रममा विभिन्न विशिष्ट व्यक्तित्वहरुलाई सम्मान समेत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस