हेलिकप्टर दुर्घटना : ६ जनाको मृत्यु, एक जना घाइते

सफल खबर संवाददाता

शनिबार, २३ भदौ २०७५, १६ : १०
हेलिकप्टर दुर्घटना  : ६ जनाको मृत्यु, एक जना घाइते

काठमाडौँ । गोरखाबाट काठमाडौं फर्किँदा सम्पर्कविहीन भएको अल्टिच्युड एयरलाइन्सको ९ एन ए एल एच  कलसाइनको  हेलिकप्टर नुवाकोटमा दुर्घटना भएको पुष्टि भएको छ ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार हेलिकोप्टरका पाइटलसहित ६ जनाको मृत्यु भएको छ भने एक जना जिवितै भेटिएका छन् । जीवितै भेटिएकी डोल्मा आनीको उद्दार प्रयास भइरहेको छ ।

शनिबार बिहान  नुवाकोट र धादिङको सीमानामा रहेको मेघाङको जङ्गलमा हेलिकोप्टर दुर्घटनामा परेको थियो । दुर्घटनाग्रस्त हेलिकप्टर टुक्राटुक्रा अवस्थामा फेला पनि बताइएको छ ।

हेलिकप्टरमा पाइलट निश्चल केसीसहित सात जना सवार रहेका थिए । हेलिकोप्टरमा जापानी नागरिक हिरोमी कोमात्सु, रामेछापका ४० वर्षीय दिल्लीबहादुर गुरुङ, दोलखाका ३७ वर्षीया हिरा शेर्पा, गोरखाको चुमनुब्री गाउँपालिका–२ का ल्हो आनी डोल्पा डिकी, चुमनुब्री गाउँपालिका–१ सम्दोका छोवाङ नुर्वु र सिन्धुपाल्चोकका २२ वर्षीय सुनिल तामाङ सवार रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जानकारी दिएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस