वीरगञ्ज । पूर्वराजा ज्ञानेन्द्र शाहले दरबार हत्याकाण्डको विषयलाई लिएर आफू र आफ्नो परिवारबारे भ्रम फैलाइएको बताएका छन् । प्रत्यक्षदर्शीहरू हुँदा हुँदै अज्ञानता र छलले अझ पनि बहकिरहेको बताउँदै उनले यो अन्यायपूर्ण मात्र नभई दुर्भाग्यपूर्ण पनि भएको बताएका छन् ।
शनिबार वीरगञ्जमा आयोजित नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व राजा ज्ञानेन्द्रले आफ्ना आत्मीय अग्रजहरू गुमाएको अवस्थामा आफूले पुग नपुग ७ वर्ष राष्ट्रप्रमुखको भूमिका निर्वाह गरेको स्मरण गर्दै तत्कालीन अप्ठ्यारो परिस्थितिमा देशको थप बर्बादी नहोस् भन्ने मान्यता राखेर आफूले काम गरेको बताए ।
दरबार हत्याकाण्डको प्रत्यक्षदर्शी हुँदाहुँदै अज्ञानता र छलका करण अझ पनि मानिसहरू बहकिरहेको भन्दै उनले भने, ‘यो अन्यायपूर्ण मात्र होइन, दुर्भाग्यपूर्ण पनि हो ।’ दरबार हत्याकाण्डलाई विनाशकारी, कहाली लाग्दो र सम्झन पनि मन नपराउने अवस्था भन्दै पूर्व राजा ज्ञानेन्द्रले भने, ‘‘राजनीतिक जालझेल गरी धेरै नेपालीको मनमा भ्रमको बादल बनाई नकारात्मक भावना फैलाइएको थियो । हामी र हाम्रो परिवारमाथि घातक प्रहार पनि गरेका थिए ।’
अहिले पनि आफूहरू देशमै रहेको र गौरव गाथा गाइरहेको बताउँदै पूर्व राजा ज्ञानेन्द्रले आफ्नो मौलिकता र अस्तित्व गुमाएर, अनि सामाजिक सम्बन्धलाई बिथोलेर देशको भलो हुँदैन भन्ने आफ्नो अडान रहेको बताए ।
देश बनाउन र देश बचाउन आफूहरूलाई निरन्तर आह्वान भइरहेको भन्दै उनले पुर्खाको पौरख नभुल्न र आफ्नो जन्मभूमिका लागि मरिमेट्न सबैलाई आग्रह गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १३ माघ २०८०, १८ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पूर्वराजा शाह गोरखनाथ र मनकामना जाने
पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौंमा, समर्थकले गरे स्वागत
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गेटमा राजावादीहरुको प्रदर्शन
पूर्वराजा शाह आज गोरखपुर जाँदै, उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथले भेट्ने
भूराजनीतिक परिस्थिति दिनप्रतिदिन जटिल बन्दै गइरहेको छ: ज्ञानेन्द्र शाह
पूर्वराजा ज्ञानेन्द्रले भारतका उच्च नेतासँग भेट्दै