काठमाडौँ । भेपमार्फत भएको सुन तस्करीको मुद्दामा उच्च अदालत पाटनले जिल्ला अदालत काठमाडौँको थुनछेक आदेश सदर गरेको छ । यो आदेशसँगै भेप प्रकरणमा पक्राउ परेका राहुल महरा थुनामा नै रहने भएका छन् ।
अनुसन्धानका क्रममा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल जिल्ला अदालत काठमाडौंको आदेशपछि थुनामै रहेका थिए । न्यायाधीश अञ्जु उप्रेती ढकाल र दीपेन्द्र अधिकारीको इजलासले जिल्ला अदालत काठमाडौंको आदेश सदर गरेको हो ।
राहुलमाथि आपराधिक विश्वासघात, भन्सार चोरी पैठारी र संगठित अपराधको अभियोगमा मुद्दा चलेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ११ माघ २०८०, २० : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
१४ महिना जेल सजाय भुक्तान गरेर रिहा भए राहुल महरा