काठमाडौँ । सुन तस्करीमा दोषी ठहर भएर जेलमा रहेका पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल महरा रिहा भएका छन् । अदालतले तोकेको १४ महिना सजाय भुक्तान गरेर उनी १३ कात्तिकमा छुटेका हुन् ।
२०७९ पुस १० गते दुबईबाट विद्युतीय चुरोट ‘भेप’ मार्फत लुकाएर सुन तस्करी गर्ने समूहका वांग दाओजिनसँग महराका बाबुछोराको बारम्बार फोन सम्पर्क भएको देखिएको थियो । राहुललाई २०८० भदौ १३ गते प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले पक्राउ गर्यो । जिल्ला अदालत काठमाडौँले उनलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो ।
राहुलको मुद्दामा गत भदौमा फैसला भएको हो । न्यायाधीश केशव पोखरेलले उनलाई १४ महिनाको जेल सजाय सुनाएका थिए । पक्राउ परेको दिनदेखि उनको जेल सजाय गणना भएर १३ कात्तिकमा १४ महिना पूरा भएको छ । त्यही दिन उनी रिहा भएको केन्द्रीय कारागार बताइएको छ ।
बाबु कृष्णबहादुर महरा पनि सोही प्रकरणमा गत चैतमा पाँच दिनमा हिरासतमा बसेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १५ कार्तिक २०८१, १७ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राहुल महरालाई थुनामा पठाउने आदेश उच्च अदालतबाट पनि सदर