काठमाडौँ । मधेश प्रदेशका अनिलकुमार शाहले प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय प्रतियोगितामा गण्डकीविरुद्ध उत्कृष्ट शतक प्रहार गरेका छन् ।
स्पिनर सन्दीप पराजुलीलाई ३१औँ ओभरको चौथो बलमा चोभार एन्डको लङअनतर्फ एक रन बटुल्दै शतक पूरा गरेका हुन् । अनिल १०४ बलमा ११ चौका र ३ छक्कासहित १ सय रनमा खेलेका छन् । उनलाई पवन सरार्फले ३२ रनमा साथ दिएका छन् ।
उनको यो राष्ट्रिय स्तरको पहिलो शतक हो । सन् २०१८ मा नेपालको टोलीमा डेब्यू गरेका अनिल २०२२ पछि नेपालको टोलीमा छैनन् । यो शतकले टोलीमा फर्किन उनलाई धेरै राहत मिल्नेछ । उनले नेपालको लागि ४ ओडीआई खेल खेलिसकेका छन् ।
नेपाल एपीएफ क्लबबाट २०१८ मा खेलेका थिए । त्यसपछि उनले २०२१ सम्म पुलिसबाट खेले । पुलिस छाडेर मधेश फर्किएका थिए । पुलिसमा पर्याप्त खेल्ने मौका नपाएपछि मधेश फर्किने मौका पाएका थिए । मधेशबाट भने सानदार प्रदर्शन गरेका छन् ।
उनी पीएमकपमा मधेशबाट शतक हान्ने दोस्रो खेलाडी हुन् । यसअघि यसै प्रतियोगितामा सुदूरपश्चिमविरुद्ध मयन यादवले शतक हानेका थिए । २०१७ को पीएमकपमा तत्कालीन मध्यमाञ्चलबाट हासिम अन्सारीले पनि शतक हानेका थिए । तर, राज्य संरचनामा गएपछि यसअघिको संस्करणमा मधेशबाट शतक थिएन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ११ माघ २०८०, १२ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सर्लाहीका १९ अस्पताल बन्द गर्न मुख्यमन्त्री सिंहको निर्देशन
मधेश प्रदेश सभाको कार्यसूचीमा चढ्यो भाषा विधेयक फिर्ताको प्रस्ताव
संविधान संशोधनका नाममा संघीयता र मधेशको अधिकारको प्रश्न उठाउन पाइँदैन : मुख्यमन्त्री सिंह
मधेशका मुख्यमन्त्री सिंहसँग जनमतले सोध्यो स्पष्टीकरण
मधेश प्रदेश लोकसेवा आयोगका नवनियुक्त अध्यक्ष यादवले लिए शपथ
मधेशको बजेट छानबिन गर्न उच्चस्तरीय समिति बनाउने निर्णय