एजेन्सी । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले न्यु ह्याम्पशायरबाट रिपब्लिकन प्राइमरी चुनाव जितेका छन् ।
बीबीसीको अमेरिकी साझेदार सीबीएसका अनुसार रिपब्लिकन पार्टीको आन्तरिक दौडमा उनलाई सफलता मिलेको हो ।
ट्रम्पले ११ र उनकी प्रतिद्वन्द्वी निक्की हेलीले ८ प्रतिनिधि पाइन् । प्राइमरीको नतिजा अनुसार न्यु ह्याम्पशायरमा रिपब्लिकन पार्टीका २२ प्रतिनिधि रहेका छन्।
यसअघि जनवरी १५ मा आयोवा प्रान्तमा पार्टीको पहिलो ककसको आयोजना गरिएको थियो । यसमा ट्रम्पले जित हात पारेका थिए । आयोवामा १६०० भन्दा बढी ठाउँमा मतदान भएको थियो, जसमा ट्रम्प विजयी घोषित भएका थिए ।
अब नेभाडा र साउथ क्यारोलिनामा ककस आयोजना हुनेछ । अमेरिकी चुनावमा पार्टीबाट राष्ट्रपतिको उम्मेदवार छान्न ककस र प्राइमरी प्रणाली अपनाइन्छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, १० माघ २०८०, १० : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हजारौं नागरिकले घेरे राष्ट्रपति ट्रम्प निवास, सबै राज्यमा प्रदर्शन
ट्रम्पको योजना अस्वीकार गरेपछि बन्द भयो हार्वर्ड विश्वविद्यालयको दुई अर्ब फन्ड
अमेरिकी राष्ट्रपति ट्रम्पले १०४ प्रतिशत पुर्याए कर
नेतन्याहु र ट्रम्पबीच भेटवार्ता, यस्ता छन् प्रतिक्रिया
राष्ट्रपति ट्रम्पविरुद्ध अमेरिकामा प्रदर्शन
व्यापारिक साझेदारविरुद्ध ५० प्रतिशतसम्म कर लगाउने ट्रम्पको घोषणा