नारायणी टुडेको १४३ औं अंक विमोचन

सफल खबर संवाददाता

शुक्रबार, २२ भदौ २०७५, २० : ३१
नारायणी टुडेको १४३ औं अंक विमोचन

फाइल फोटो

चितवन । नारायणी टुडे राष्ट्रिय मासिकले १९ वर्ष पार गरेको अवसरमा आफ्नो १४३ औं अंक विमोचन गरेको छ ।
पत्रिकाले नारायणगढमा शुक्रबार पत्रकार सम्मेलन गरी नयाँ अंक विमोचन गरेको हो । विमोचन कार्यक्रमका प्रमुख अतिथि डा भोजराज अधिकारीले मासिकको १४३ औं अंक विमोचन गरेका थिए ।
पत्रिकाका प्रकाशक सम्पादक वीरेन्द्रमणि पौडेलको अध्यक्षतामा भएको विमोचन कार्यक्रममा पत्रकारहरु सूर्यप्रकाश कँडेल, नवराज ढकाल, दीपेन्द्र अधिकारी, चिन्तामणि पौडेल, व्यवसायी हेमराज पौडेल लगायतले नारायणी टुडेलाई शुभकामना दिएका थिए ।
 सूर्य प्रकाश कँडेलले नारायणी टुडेलाई भविष्यमा अझै राम्रो गर्न सुझाव दिनुभयो  । त्यस्तै नवराज ढकालले नारायणी टुडले १९ वर्ष पार गर्नु सुखदायी भएको धारणा व्यक्त गर्नुभयो । दीपेन्द्र अधिकारीले पत्रिकाले आजसम्म गरेको कामको प्रसंशा गर्नुभयो । चिन्तामणि पौडेलले नारायणी टुडेले गरेको काम बाट अरुले पाठ सिक्नु पर्ने धारणा राख्नु भयो । व्यवसायी हेमराज पौडेलले पत्रिकालाई आगामि दिनहरुमा अझै राम्रो काम गर्न सुझाव दिनुभयो ।

 

प्रतिक्रिया दिनुहोस