नेपालको मानव अधिकारको अवस्था अन्तराष्ट्रिय स्तरको बनाउन सरकार प्रतिवद्ध : गृहमन्त्री थापा

सफल खबर संवाददाता

शुक्रबार, २२ भदौ २०७५, १८ : १४
नेपालको मानव अधिकारको अवस्था अन्तराष्ट्रिय स्तरको बनाउन सरकार प्रतिवद्ध : गृहमन्त्री थापा

काठमाडौँ । गृहमन्त्री रामवहादुर थापाले नेपालको मानव अधिकारको अवस्था अन्तराष्ट्रिय स्तरको बनाउन सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ । मानवअधिकार लागी युवा अभियान नेपालले शुक्रबार काठमाडौँमा आयोजना गरेको युवा र मानवअधिकारको भूमिका बिषयक सम्मेलनको उद्घाटन गर्दे गृहमन्त्री थापाले यस्तो बताउनुभएको हो ।

उहाँले युवा आन्दोलन मार्फत नै विकसित मुलुकस्तरमा नेपालको मानवअधिकारको अवस्था पु¥याउन सकिने तर्क गर्नुभयो । नेपालको विभिन्न परिवर्तनमा युवाहरुको भूमिका अविष्मरणिय रहेको भन्दै मन्त्री थापाले मुलुकको समृद्धिका लागि पनि युवाहरु अगाडी बढ्नुपर्ने बताउनुभयो । अहिलेको संबिधानले युवाहरुलाई दिएको अधिकारलाई अधिकतम उपयोग गर्नुपर्नेमा उहाले जोड दिनुभयो ।

दुई दिनसम्म चल्ने सम्मेलनमा नेपालको युवाहरुको अवस्था र मानवअधिकार स्थापीत गर्न युवाहरुले खेल्नुपर्ने भूमिकामाथि चर्चा हुने आयोजकले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस