किन भेला भए उपत्यकाभित्रका १५ स्थानीय तहका प्रमुख–उप्रमुख एकै ठाउँमा ?

सफल खबर संवाददाता

शुक्रबार, २२ भदौ २०७५, १७ : १२
किन भेला भए उपत्यकाभित्रका १५ स्थानीय तहका प्रमुख–उप्रमुख एकै ठाउँमा ?

काठमाडौ । काठमाडौ, ललितपुर र भक्तपुर महानगरपालिकाको विकास र जनताले दैनिक भोग्नु परेका समस्या समाधनका निम्ती सबै स्थानीय तह एक आपसमा सहकार्य गरी अघि बढ्ने भएका छन ।

शुक्रबार चन्द्रागिरी नगरपालिकाले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उपत्यकाभित्रका महानगर, उपमहानगर र नगरपालिकाका गरी  १५ वटा स्थानिय तहका प्रमुख–उपप्रमुखहरुले आपसमा सहकार्य गरी विकास र समृद्धिको बाटोमा अघि बढ्ने निर्णय गरेका हुन । निर्वाचन भएको १५ महिना वितिसक्दा पनि उपत्यकाको समस्या जस्ताको त्यस्तै छ । उपत्यकाबासिले धुलो, हिलो, फोहोर, ट्रफिकजाम देखि लिएर अनेकै पिडा एवं कष्ट खेप्न बाध्य छन ।  तर बल्ल आएर ति समस्याहरु सामाधान तर्फ उपत्यकाका तीनै जिल्ला काठमाडौ, ललितपुर भक्तपुरका नगर प्रमुख र उपप्रमुखहरुको ध्यान केन्द्रित भएको हो ।

शुक्रबार चन्द्रागिरी नगरपालिले आयोजना गरेको अन्तरक्रिया कार्यक्रमामा काठमाडौ ललितपुर र भतmपुरका नगर प्रमुखहरुले फोहोर मैला व्यवस्थापन, ट्राफिक जाम, उद्योग व्यवसाय, कर व्यवस्थापन तथा पर्र्यटन विकासमा एक आपसमा कसरी  सहकार्य गर्न सकिएला भन्नेबारेमा छलफल गरेका  थिए । कार्यक्रममा चन्द्रागिरी नगरपालिकाको नगर  प्रमुख घनश्याम गिरीले एउटा नगरपालिकाको फोहोरले अर्काे नगरपालिकालाई पनि  प्रभाव पारेको र एउटा नगरपालिकाको जामले अर्को नगरपालिकालाई प्रभाव पार्ने भएको हुदा अब सवै नगरपालिकाहरुले मिलेर, ति समस्याको हल तर्फ लाग्नु पर्ने बताए । लामो समयदेखी  नगर विकास गर्न सम्पुर्ण नगर प्रमुखहरु सम्मिलित  समिति गठन गर्ने कुरा केवल कुरामै मात्र सिमित भएको अवस्थामा शुक्रबारदेखि सो विषयमा छलफल भएको हो ।

अन्तरक्रियामा बोल्दै बुढानिलकण्ठ नगरपालिका प्रमुख उद्दव खरेलले बोर्ड गठन, व्यवस्थापन , ट्राफिक जाम, नदि व्यवस्थापन तथा धार्मिक सास्कृतिक एजेन्डाहरुमा  साझा संयन्त्र बनाएर जानुपर्ने बताए । सुशासन, समृद्धि, पुर्वाधार विकासकालागि सबैको साझा कर्तव्य हुनुपर्ने खरेलको भनाई थियो ।

उपत्यकाको १८ वटा नगरपालिका मध्ये १५ वटा नगरपालिकाका प्रमुख तथा उपप्रमुखको उपस्थिति रहेको कार्यक्रममा  दक्षिणकालि नगरपालिका प्रमुख  मोहन बस्नेतले  आफ्ना नगरबासीको सहजता तथा समस्त उपत्यका बासिको हितमा सहकार्य गर्ने निचोड निकालिएको बताए । र आगमि एक महिनापछि नगरकोटमा सो विषयमा थप छलफल गरी  निकास निकाल्ने बस्नेतको भनाइ छ ।

मुलुकका सातै प्रदेशका मुख्यमन्त्रीहरु पोखरामा भेला भएर, सरकार प्रदेश सरकारहरुप्रति अनुदार भएको आरोप लगाएको २४ घण्टा भित्रै, उपत्यकाको सबै १५ वटै प्रमुख उपप्रमुख भेला हुनु संयोग मात्र होला ।  तर ढिलै भएपनि उपत्यका प्रमुखहरु आफ्नो नगरको विकास र नगरवासीका समस्याप्रति चासो राखेर सहकार्यमा जाने निष्कर्षमा पुगेका छन् यस अर्थमा यो कार्य स्वगतयोग्य  छ ।

प्रतिक्रिया दिनुहोस