अध्यक्ष प्रचण्ड र भारतका गृहमन्त्री सिंहबीच भेटवार्ता

सफल खबर संवाददाता

शुक्रबार, २२ भदौ २०७५, १५ : १३
अध्यक्ष प्रचण्ड र भारतका गृहमन्त्री सिंहबीच भेटवार्ता

नयाँ दिल्ली  । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारत सरकारका गृहमन्त्री राजनाथ सिंहबीच शुक्रबार दिउँसो भेटवार्ता भएको छ । भेटमा नेपाल भारत सम्बन्धका लागि अहिले सकारात्मक वातावरण बनेको भन्दै नेपालको आर्थिक समृद्धिमा दुबै देश मिलेर अघि बढ्ने छलफल भएको थियो ।

भेटमा अध्यक्षले नेपाल र भारतबीच भएका समझदारीको प्रभावकारी कार्यान्वयनमा जोड दिनुभयो । अध्यक्षले आज बिहान प्रवासी नेपालीसँग भएको छलफलमा प्रवासीहरुले सीमा क्षेत्रमा नेपाली माथि हुने गरेका लुटपाटका घटनाका सम्बन्धमा गृहमन्त्रीको ध्यानाकर्षण गराउनु भएको थियो । गृहमन्त्री सिंहले सीमा क्षेत्रका सबै अधिकारीहरुलाई तत्कालै खबर गरी घटना घट्न नदिने विश्वास दिलाउनु भयो ।

भारतका राष्ट्रिय सल्लाहकारसँग भेट
त्यसै प्रचण्ड र भारतीय राष्ट्रिय सल्लाहकार अजित डोभालबीच भेट भएको छ । बिहिवार भएको भेटमा दुई पक्षीय सम्बन्धका बिषयमा छलफल भएको थियो ।
पछिल्लो दुई देशकाबीचमा बढ्दै गएको सम्बन्ध र हार्दिकता सुदृढ गर्ने र दुई देशबीच पछिल्लो चरणमा भएका सहमति  र समझदारीहरुलाई छिटोभन्दा छिटो तालिका अनुसार कार्यान्वयनमा लैजाने बिषयमा छलफल भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस