बुटवल। रुपन्देहीको देवदह –६ स्थित गिद्धे भिरमा टिपर दुर्घटना हुँदा आमाछोरीको मृत्यु भएको छ ।देवदहको खैरेनीदेखि पाल्पाको माथागढी बालुवा लिएर जाँदै गरेको लु २ ख ४५०९ नम्बरको टिपरविपरीत दिशाबाट आउँदै गरेको सवारीलाई साइड दिने क्रममा बिहीवार साँझ दुर्घटनामा परेको थियो ।
दुर्घटनामा परी माथागढी गाउँपालिका ६ रहबासका ३५ वर्षीया भिमिसरा सारू र उनकी २ वर्षीया छोरी सरस्वती सारूको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलले जानकारी दिएको छ ।टिपर चालक देवदह नगरपालिका–७ का २७ वर्षीय सुकदेव वारखरे र माथागढी गाउँपालिका ६ की २२ वर्षीया सृजना सारू घाइते भएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०५ माघ २०८०, १५ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रोल्पामा टिपर दुर्घटना, एक जनाको मृत्यु
टिपर दुर्घटना: १ जनाको मृत्यु, चितवनका दुई सहित चार जना गम्भीर घाइते
माग्दीको बुक्लामा टिपर दुर्घटना, दुईजनाको मृत्यु
बकैयास्थित फास्ट ट्र्याकमा टिपर दुर्घटना, चालकको मृत्यु