नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तीन दिने औपचारिक भ्रमणका लागि भारत प्रस्थान गर्नुभएको छ ।
भारतीय विश्व सम्बन्ध परिषद्को निमन्त्रणामा अध्यक्ष प्रचण्ड बिहीबार अपराह्न त्यसतर्फ प्रस्थान गर्नुभएको हो । उहा“ले शुक्रबार विश्व सम्बन्ध परिषद्ले गर्न लागेको नेपाल–भारत सम्बन्धका भावी परिप्रेक्षबारे प्रवचन दिने कार्यक्रम छ । कार्यक्रममा कूटनीतिक एवम् सुरक्षा मामिला विज्ञ र नेपाल–भारत सम्बन्धका जानकार सहभागी हुने बतााइएको छ । भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री सुष्मा स्वराजलगायतका नेतास“ग भेट गर्ने कार्यक्रम रहेको अध्यक्ष दाहालले जानकारी दिनुभयो । त्यस्तै, उहाले नेपाल र भारतबीच यसअघि भएका समझदारी र सम्झौता कार्यान्वयनका लागि भारतीय अधिकारीहरुलाई बिशेष ध्यानाकर्षण गराउने बताउनुभयो ।
तीन दिने भारत भ्रमण सकेर स्वदेश फर्किएपछि अध्यक्ष प्रचण्ड भदौ ३० गते चीन भ्रमणमा जाने कार्यक्रम छ ।
प्रतिक्रिया दिनुहोस