काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले शेयरधनी सुगन्ध श्रेष्ठको नाममा रहेको ८ हजार ७८० कित्ता शेयर बिक्रीमा ल्याएको हो ।
उक्त संस्थापक शेयरमा विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरिद आवेदन दिन सक्नेछन् । सो शेयर खरिद गर्न इच्छुक शेयरधनीले ३५ दिनभित्र बैंकको शेयर रजिष्ट्रार, कुमारी क्यापिटल, नक्साल नागपोखरी वा कुमारी बैंकको प्रधान कार्यालय काठमाडौं, टंगालमा आइपुग्ने गरी आवेदन दिनुपर्नेछ ।
उक्त शेयरको मूल्यभने बिक्रेताले तोकबमोजिम हुने बैंकले जनाएको छ । साथै, तोकिएको अवधिभित्र विद्यमान संस्थापकहरुबाट खरिद आवेदन नपरेको खण्डमा सो शेयर अन्य व्यक्तिलाई बिक्री गरिने सूचनामा उल्लेख गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०३ माघ २०८०, ११ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कुमारी बैंकको नयाँ वर्ष अफर : भाग्यशाली १ जनालाई आईफोन–१५ उपहार
कुमारी बैंकको मोबाइल बैंकिङ्क एपबाटै कर्जा लिन सकिने
कुमारी बैंकको सेयर बिक्रीमा