विराटनगरमा कुमारी बैंकको उद्यमी प्रशिक्षण कार्यक्रम​​​

सफल खबर संवाददाता

बुधबार, २४ पुस २०८१, १२ : ५५
विराटनगरमा कुमारी बैंकको उद्यमी प्रशिक्षण कार्यक्रम​​​

काठमाडौं। कुमारी बैंकले विराटनगरमा उद्यमी प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । उद्यमशीलता विकास एवं प्रवर्द्धनका लागि यूएसएडसँगको साझेदारीमा 'देशैभरि वर्षैभरि' उद्यमी प्रशिक्षण अभियानअन्तर्गत विराटनगर महानगरपालिका, मोरङको  समन्वयमा कार्यक्रम गरिएको बैंकले जनाएको छ ।​

वित्तीय ज्ञान, सीप, मनोवृत्ति तथा व्यवहार विकासबाट मात्रै व्यवहारिक रूपमा उद्यमशीलता प्रवर्द्धन तथा विकास हुने बैंकको विश्वास छ ।

बैंकले यस अभियानमा सर्वसाधारणहरूको विषयगत संवेदनशीलतालाई सहजै बुझ्न सकिने गरी वित्तीय उद्यमी प्रशिक्षण, वित्तीय साक्षरता पुस्तिका, कुमारीजी एप, राष्ट्रियस्तरमा ख्यातिप्राप्त कलाकारहरूको अभिनयसहितका सन्देशमूलक भिडियो, सचेतनामूलक सन्देश विकास गरी नियमितरूपमा प्रकाशन तथा प्रशारणसमेत गरिरहेको छ ।

विगत २३ वर्षदेखि निरन्तर बैंकिङ सेवा दिँदै आएको कुमारीले अनवरतरूपमा वित्तीय साक्षरता प्रवर्द्धन गर्दै आएको छ । यस्तै, बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१५ एटीएम, ५० एक्स्टेन्सन काउन्टर तथा ५४ शाखा रहित बैंकिङ ईकाइमार्फत आफ्ना ग्राहकलाई अत्याधुनिक तथा प्रभावकारी सेवा प्रदान गर्दै आइरहेको छ ।

आगामी दिनमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्य गर्दै जाने प्रतिबद्धता बैंकको छ ।

प्रतिक्रिया दिनुहोस