काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समितिको बैठक बोलाएको छ । ३ माघमा केन्द्रीय समितिको बैठक बोलाइएको महामन्त्री मुकुल ढकालले जानकारी दिए ।
आर्थिक र प्रशासनिक नियमावली, विभागीय नियमावली, विभागहरुको कार्यप्रगति विवरण लगायतका विषयमा छलफल हुने महामन्त्री ढकालले जानकारी गराए । बैठकमा विकास आयोजनामा पदयात्राका विषयमा पनि छलफल हुनेछ ।
रास्वपाले २१ विकास आयोजनामा पदयात्रा गर्ने तयारी गरेको छ । विकास निर्माणका कार्यमा सरकारलाई दबाब दिन पदयात्रा गर्न लागिएको रास्वापाले जनाएको छ ।
पदयात्रा गरिने आयोजना र त्यसका लागि खटिने केन्द्रीय नेताको चयन भने केन्द्रीय समितिको बैठकले निर्णय लिने भएको छ । ‘पदयात्रामा कहाँ को नेता जाने बारे छलफल पार्टीभित्र चलिरहेको छ । त्यसको औपचारिकता केन्द्रीय समिति बैठकबाट गर्नेछौं,’ महामन्त्री ढकालले भने ।
रास्वपा विधान अनुसार हरेक ४५ दिनमा केन्द्रीय समिति बैठक बोलाउनुपर्ने प्रावधान छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २९ पुस २०८०, १९ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आजदेखि रास्वपाको सातै प्रदेशमा ‘सर्वाङ्गीण संवाद’
प्रधानमन्त्री ओलीले बोल्दाबोल्दै प्रतिनिधि सभा बैठक कक्षमा रास्वपा सांसदको प्रवेश
रवि लामिछाने संसदीय दलको कार्यालय जाँदै, सभामुखलाई भेट्ने
रास्वपा संसदीय दलको बैठक बस्दै, यस्ता छन् एजेन्डा
रास्वपाको सचिवालय बैठक बस्दै
रास्वपाले बोलायो सचिवालय बैठक