काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले लाइन काट्न सुरु गरेको २२ दिनपछि सबै उद्योगहरूको बिजुली जोडेको छ । मन्त्रीपरिषद्को मंगलबारको निर्णयअनुसार शुक्रबार राती २–३ प्राधिकरणले बजेसम्ममा सबै उद्योगको बिजुली लाइन जोडेको हो ।
विद्युत् प्राधिकरणले ट्रंक र डेडिकेटेड बिजुलीको महसुल नतिरेको भन्दै पुस ६ गतेदेखि उद्योगको बिजुली काट्न सुरु गरेको थियो । सुरुवाती चरणमा ४ ठुला उद्योगको लाइन काटेको प्राधिकरणले बिस्तारै ५ करोडभन्दा बढी बक्यौता रहेका २३ उद्योगको लाइन काटेको थियो ।
प्राधिकरणले धमाधम उत्पादनमूलक उद्योगको लाइन काट्न थालेपछि राष्ट्रिय बहसको विषय बन्यो । यस्तै, २० देखि ३० प्रतिशत क्षमतामा सञ्चालित उत्पादनमूलकहरू पूर्णरुपमा ठप्प बने । विवादमा दुवै पक्षबाट नमिल्ने देखेपछि मंगलबारको मन्त्रीपरिषद्को बैठकले उद्योगहरूमा बिजुली जोड्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई निर्देशन दिएको थियो ।
यस्तै, सोही बैठकले सर्वोच्च अदालतको पूर्व न्यायधीश गिरिसचन्द्र लालको नेतृत्वमा तीन सदस्यिय छानबिन आयोग समेत गठन गर्यो । शक्तिशाली अधिकारसहितको आयोगले ट्रंक र डेडिकेटेड बिजुली महसुल विवादको छानबिन गरेर प्रतिवेदन बुझाउनेछ । यो सरकारले गठन गरेको दोस्रो छानबिन समिति हो । यसअघि समेत यस्तै शक्तिशाली छानबिन समिति गठन भएको थियो ।
मन्त्रीपरिषद्ले मंगलबार निर्णय गरेपनि लिखित पत्र नआउँदासम्म बिजुली नजोड्ने निर्णय प्राधिकरणले गरेको थियो । सोअनुसार बिहीबार प्राधिकरणलाई बिजुली काटिएका उद्योगहरूको लाइन जोड्न ऊर्जा मन्त्रालय हुँदै मन्त्रीपरिषद्को निर्णय हातपर्यो । सोसँगै प्राधिकरणले शुक्रबार अबेर रातीसम्ममा सबै उद्योगको लाइन जोडेर सकेको हो ।
नेपाल उद्योग परिसंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले शुक्रबार रातीसम्ममा प्राधिकरणले उद्योगहरूको लाइन जोडेको बताए । उनले रातको ११ बजेर २३ मिनेट जाँदा लक्ष्मी स्टिलको बिजुली जोडेको जानकारी आएको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २८ पुस २०८०, १२ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ढल्केबर सबस्टेसनबाट विद्युत आपूर्ति शुरू
प्रतिकुल मौसमका कारण विद्युत् अवरुद्ध भएको हो, लोडसेडिङ भएको होइनः विद्युत् प्राधिकरण
संसद् बैठक अझै बस्न सकेन
विद्युत् प्राधिकरणको सञ्चालकमा दुई सदस्य नियुक्त
१५ दिनभित्र विद्युतको बक्यौता रकम नउठे प्रक्रिया अनुसार अघि बढ्छौँ : कुलमान घिसिङ
पत्रकार सम्मेलन गर्दै कुलमान घिसिङ