जनकपुरधाम । मधेश सरकारले स्वाभिमान दिवस मनाउने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले माघ ३ गतेको दिनलाई स्वाभिमान दिवस मनाउने निर्णय गरेको हो ।
२०७८ माघ ३ गतेकै दिन तत्कालीन ‘प्रदेश नं. २’ को नाम मधेश प्रदेश नामाकरण र स्थायी राजधानी जनकपुरधाम प्रदेशसभा बैठकबाट पास भएको थियो । त्यस दिनलाई स्वाभिमानी दिवसको रुपमा मनाउने निर्णय भएको मधेश सरकारका प्रवक्ता समेत रहेका गृहसञ्चार तथा कानुन मन्त्री मोहम्मद समिमले जानकारी दिए ।
त्यस्तै माघ ५ गते मधेश सरकारले बलिदानी दिवस मनाउने र त्यस अवसरमा मधेश आन्दोलनसहित परिवार र घाइतेलाई आर्थिक सहयोग पनि गर्ने निर्णय भएको मन्त्री समिमले बताए । उनका अनुसार बलिदानी दिवसमा मधेश सरकारले वीरगञ्जमा कार्यक्रम आयोजना गर्ने छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २७ पुस २०८०, ११ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मधेश सरकारको योजनाको चिठी बिक्रीबारे संसदीय छानबिन समिति गठन गरिने
मधेश सरकारले पहिलो पटक मनायो संविधान दिवस
बजेट खर्च गर्न मधेश सरकारले दियो अख्तियारी
मधेश सरकारबाट आज ६ मन्त्री हटाइँदै
मधेश सरकारको निर्णयविरूद्ध सर्वोच्चको कारण देखाउ आदेश
मधेश सरकारबाट बाहिरिने तयारीमा एमाले र माओवादी केन्द्र