एजेन्सी । लिग कप सेमिफाइनलको पहिलो लेगमा लिभरपुल विजयी भएको छ।
बुधबार राति भएको खेलमा लिभरपुलले फुलहमलाई २–१ ले हराएको हो।
लिभरपुलको जितमा कर्टिज जोन्सले बराबरी र कोषी गाक्योले एक/एक गोल गरे। लभरपुलको घरेलु मैदान एनफिल्डमा भएको खेलको १९औँ मिनेटमा विलियनको गोलबाट फुलहमले अग्रता लिएको थियो।
तर लिभरपुलका जोन्सले ६८औँ मिनेटमा गोल फर्काएपछि बराबरी भएको थियो। त्यसपछि ७१औँ मिनेटमा गाक्पोले गोल थपेपछि लिभरपुलको जित पक्का भएको हो।
सेमिफाइनलको दोस्रो लेग जनवरी २४ मा फुलहमको मैदान कारभेन कटेजमा हुनेछ।
मंगलबार पहिलो सेमिफाइनलको पहिलो लेगमा चेल्सी च्याम्पियनसिप क्लब मिडल्सब्रगसँग १–० ले हारेको थियो। फाइनल फेब्रुअरी २६ मा हुनेछ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, २६ पुस २०८०, ०८ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लिभरपुलसँगको दुरी कम गर्दै चेल्सी
च्याम्पियन्स लिगः लिभरपुल अन्तिम १६ नजिक
प्रिमियर लिगमा सिटीको हार कायमै, लिभरपुलको फराकिलो शीर्षस्थान
चेल्सीमाथि लिभरपुलको सहज जित
लिभरपुलको लगातार दोस्रो जीत
डियाज र सलाहको गोलमा लिभरपुल विजयी