सुर्खेत । राष्ट्रिय सभाको चुनावका लागि कर्णालीमा सत्तारुढ गठबन्धनका उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएका छन् । प्रदेश निर्वाचनको कार्यालयमा पुगेर उनीहरुले एक साथ उम्मेदवारी दर्ता गराएका हुन् ।
तीनवटा सिटमा हुने निर्वाचन अन्तर्गत कर्णालीमा नेपाली कांग्रेस, नेकपा माओवादी र नेकपा एकीकृत समाजवादीको भागमा एक/एक सिट परेको छ । जस अन्तर्गत महिला कोटातर्फ एकीकृत समाजवादीकी सावित्री मल्ल (दैलेख), दलित कोटामा माओवादीका विष्णु विक ‘विकल्प’ (कालिकोट) र अन्यतर्फ कांग्रेसका कृष्ण रोकाया उम्मेदवार रहेका छन् ।
उम्मेदवारी दर्ता कार्यक्रमका सम्बन्तीत पार्टीका प्रदेश अध्यक्ष लगायतका नेता, कार्यकर्ताहरु पुगेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २३ पुस २०८०, १४ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कर्णाली प्रदेशको मुख्य न्यायाधिवक्तामा हमाल नियुक्त
कर्णालीको सरकार विस्तार, को को बने मन्त्री ?
कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत
कर्णालीका मुख्यमन्त्री कँडेलले बैशाख १३ गते विश्वासको मत लिने
कर्णालीका मुख्यमन्त्री शर्माले दिए राजीनामा
कर्णालीमा माओवादी संसदीय दलको बैठक सुरु