काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले लोकतन्त्रमा राज्यको छाडा प्रवृत्ति स्वीकार गर्न नसकिने बताएका छन् । सभापति लामिछानेले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस् लेख्दै लोकतन्त्रमा राज्यको छाडा प्रवृत्ति स्वीकार गर्न नसकिने बताएका हुन् ।
शुक्रवार सर्लाहीको बरहथवामा स्थानीयको प्रदर्शनका क्रममा प्रहरीको गोलीबाट एक युवाको ज्यान गएको विषयमा आफ्नो भनाई सार्वजनिक गर्दै लामिछानेले विरोध व्यवस्थापन गर्न नसक्ने र आम जनतालाई गोली ठोक्ने नेतृत्वलाई जबाफदेही बनाउनुपर्ने बताएका छन् । ललितपुरको बालकुमारीमा युवाहरूले गरेको प्रदर्शनमा प्रशासनले अत्यधिक बल प्रयोग गर्दा दुई युवाले ज्यान गुमाएको घटना नसेलाउँदै हिजो सर्लाहीको बरहथवामा स्थानीयको प्रदर्शनका क्रममा राज्यकै गोली खाई एक युवकको ज्यान गएको लामिछानेले उल्लेख गरेका छन् । हेर्नुहोस् उनको स्टाटसः
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २१ पुस २०८०, १४ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गगनलाई रविको चुनौती : मैले निवेदन दिएर लोन लिएको प्रमाण दिनु, राजनीति छोडिदिन्छु
सूर्यदर्शन सहकारीको छानबिनमा रवि लामिछानेले एक करोड ऋण लिएको पुष्टि
हिरासत छल्नबाट रोक्न गृह मन्त्रालयको ३ बुँदे निर्देशन
अब पहुँचको भरमा माफी मिनाहा हुँदैन : गृहमन्त्री लामिछाने
विपद् नियन्त्रणमा सक्रिय हुन सिडिओहरूलाई गृहमन्त्रीको निर्देशन
दुईचार सय नागरिकलाई खाना खुवाउन नसक्ने सरकार छैन : गृहमन्त्री लामिछाने