वीरगन्ज । भारत विहारसँग सीमासँग जोडिएका पर्साका सीमा नाका दुई दिनसम्म बन्द हुने भएको छ । बिहार राज्यको पश्चिम चम्पारण जिल्लामा १२ जेठमा हुन लागेको लोकसभाको निर्वाचनलाई लक्षित गरी सीमा नाका बन्द गर्न लागिएको हो ।
जिल्ला प्रशासन कार्यालय पर्साले आइतबार एक सूचना जारी गर्दै सीमा नाका बन्द रहने जानकारी गराएका छन् । निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि गत फागुन ५ गते जिल्ला सुरक्षा समन्वय समितिको बैठकले निर्वाचन सुरु हुनुभन्दा ४८ घण्टा अघि भारतसँग जोडिएका जिल्लाहरूको सीमा नाका बन्द गर्ने निर्णय गरेको थियो ।
सोही निर्णयअनुसार जिल्ला प्रशासन कार्यालय पर्साले जेठ १० गतेदेखि १२ गतेसम्म सीमा नाका बन्द रहने जानकारी गराएको छ ।
बिहारको पश्चिम चम्पारण, बेतियाले शुक्रवार जिल्ला प्रशासन कार्यालय पर्सालाई पत्राचार गर्दै सीमा नाका बन्द गर्न अनुरोध गरेको थियो । सूचनामा १० गते बिहान ६ बजेदेखि १२ गते बेलुकी ६ बजेसम्म नाका बन्द रहने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०६ जेठ २०८१, १६ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सिडिओ कार्यालय पर्सामा तनाव, विवाद साम्य पार्न छलफल जारी
वीरगन्जमा थपियो कर्फ्यु अवधि
रास्वपाका कार्यकर्ताले गरे पर्सामा प्रदर्शन
जिल्ला प्रशासन पर्साको प्रांगणभित्रका भाडाका सटर खाली गर्न ३५ दिने सूचना
बारा र पर्साका सीमा नाका आजदेखि ४८ घण्टासम्म बन्द