रुपन्देही । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले अब पहुँचका भरमा माफी मिनाहा हुने परिपाटी सदैका लाग बन्द हुने जनाएका छन् । बिहीबार बाँकेको बैजनाथ गाउँपालिका ३ नौवस्तामा रहेको क्षेत्रीय कारागारको उद्घाटन कार्यक्रममा उनले दलका नेतालाई भनेर, प्रहरीलाई भनेर गम्भीर अपराधमा जोडिएकाहरूले माफी मिनाहा गराउने सपना नदेख्न आग्रह गरे ।
गृहमन्त्री लामिछानेले राम्रो आचरण हुने कैदीबन्दीहरुलाई भने कानून बमोजिम माफी मिनाहा हुने बताए । उनले जसको कोही हुँदैनन् त्यसको सरकार हुने बताउँदै सामान्यतया कारागार जीवन बिताएर घर फर्केकाहरूको पुनर्स्थापनामा समस्या हुने गरेको त्यस विषयमा सरकार संवेदनशील रहेको बताए ।
कारागार भित्र मानव अधिकारको प्रत्याभूति दिलाउन सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले कारागारमा आधारभूत स्वास्थ्य, शिक्षा जस्ता विषयहरूमा सरकारले व्यवस्था गर्ने बताए ।
उनले देशमा अहिले डढेलोले दुःख दिएको बताउँदै डढेलो नियन्त्रणमा तिनै तहको सरकार मिलेर काम गर्नु पर्ने उल्लेख गरे । नागरिकको समस्या समाधान गर्न मन्त्रालयले यसअघि नै मातहतका निकायमा निर्देशन दिइसकेको उनले जानकारी दिए ।
कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका सामाजिक विकास मन्त्री रत्न खत्री, आन्तरिक मामिला मन्त्री दिनेश पन्थी लगायत बोलेका थिए । केही वर्षअघि आधुनिक भवनसहितको क्षेत्रीय कारागार निर्माण भए पनि प्रयोगमा आउन सकेको थिएन । जिल्लासँगै केन्द्रको समेत चासो र नीतिगत व्यवस्थाको विषय बनेको नौवस्ता कारागारको एउटा ब्लकमा बाल सुधार गृह सञ्चालन गरिएको हो ।
जिल्लासँगै केन्द्रको समेत चासो र नीतिगत व्यवस्थाको विषय बनेको नौवस्ता कारागारको एउटा ब्लकमा बाल सुधार गृह सञ्चालन गरिएको हो । नेपालगन्जमा कारागारमा तेब्बर कैदी बन्दी रहेको अवस्थामा क्षेत्रीय कारागार सञ्चालनले अब त्यसको उचित व्यवस्थापन हुने विश्वास व्यक्त गरिएको छ ।
दरबन्दी स्वीकृत भएसँगै उक्त कारागारमा नेपालगन्जस्थित कारागारका केही कैदी र अन्य जिल्लाबाट थप कैदी स्थानान्तरण गरी सञ्चालन गरिने तयारी कारागार व्यवस्थापन विभागको रहेको छ ।
९ बिगाहा क्षेत्रफलमा निर्मित उक्त क्षेत्रीय कारागारलाई एउटा ब्लकमा १ हजार ५६ जना कैदिबन्दी रहन सक्ने गरी ४ वटा ब्लकमा निर्माण गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २० बैशाख २०८१, १२ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रवि लामिछाने भोलि भैरहवा आउने, आज मुद्दा दर्ताको तयारी
रविसहित १४ जनालाई प्रतिवादी बनाउन रायसहित चितवन प्रहरीले बुझायो अनुसन्धान प्रतिवेदन
रवि लामिछानेविरुद्ध आज रुपन्देहीमा मुद्दा दर्ता गर्ने तयारी
रवि लामिछाने धरौटी बुझाएर रिहा
यस्तो छ रविलाई धरौटीमा छाड्न दिएको आदेश (पूर्णपाठ)
रवि लामिछानेलाई ६० लाख धरौटीमा छाड्न जिल्ला अदालत काठमाडौंको आदेश