काठमाडौं। नेपाली कांग्रेसका नेता एवं पूर्वसञ्चारमन्त्री डा मीनेन्द्र रिजालले आफूले जे गरे पनि हुन्छ भन्ने दम्भ जनप्रतिनिधिले देखाउन नहुने बताएका छन् ।
नेपाल पत्रकार महासङ्घ, प्रतिष्ठान प्रदेश कमिटीको चौथो साधारण सभा तथा पत्रकारिताको सामयिक विमर्श विषयमा आज काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
'जनताबाट निर्वाचितहरूले आफूले जे गरे पनि हुन्छ भन्ने दम्भ र निरङ्कुश भावनाले काम गरेमा लोकतन्त्रमा आघात पर्छ', उनले भने, 'व्यक्तिगत स्वतन्त्रलाई सम्मान गर्न नसकिए लोकतन्त्र सबल बन्न सक्दैन ।'लोकतन्त्रको विकल्प लोकतन्त्र नै भएको उनको भनाइ थियो ।
उनले मुलुकको विद्यमान अवस्थामा तात्विक सुधार नहुने हो भने नेपालको संविधान जोखिममा पर्न सक्नेतर्फ पत्रकारिता जगत सचेत हुनुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०५ जेठ २०८१, १५ : ५०
लेखकबाट थप