एजेन्सी । करिब चार महिनादेखि इजरायलको जेलमा रहेका प्यालेस्टिनी डाक्टरको मृत्यु भएको प्यालेस्टिनी बन्दी संघले जनाएको छ।
बीबीसीका अनुसार गाजास्थित अल शिफा अस्पतालको शल्यक्रिया विभागका प्रमुख डा. अदनान अल-बुर्सको जेलमै मृत्यु भएको हो। उनी ५० वर्षका थिए।
इजरायली जेल सेवाले अप्रिल १९ मा विज्ञप्ति जारी गरी राष्ट्रिय सुरक्षा कारण जेलमै एक कैदीको मृत्यु भएको पुष्टि गरेको थियो। मृत्यु भएका व्यक्ति डा. अल-बुर्स थिए।
इजरायली जेल सेवाले यस विषयमा थप जानकारी दिएको छैन र घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ।
प्यालेस्टिनियन प्रिजनर्स एसोसिएसनले विज्ञप्ति जारी गरी डा. अल-बुर्सको स्वाभाविक मृत्यु नभई ‘हत्या’ भएको र उनको शव अझै इजरायलको हिरासतमा रहेको बताएको छ।
अल शिफा अस्पताल त्यही अस्पताल हो, जहाँ पछिल्ला केही महिनामा इजरायली सेनाले धेरैपटक छापा मारेको थियो।
इजरायली सेनाले डा अल-बुर्सलाई उत्तरी गाजाको अल अवदा अस्पतालमा अस्थायी रूपमा काम गरिरहेका बेला पक्राउ गरेको थियो।
गाजामा हमासविरुद्ध इजरायलले गरिरहेको आक्रमणका कारण अहिलेसम्म ३४ हजारभन्दा बढी प्यालेस्टिनी मारिइसकेका छन्।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, २२ बैशाख २०८१, १० : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
श्रम शोषण भएको भन्दै आवासीय डाक्टरहरूको प्रदर्शन जारी
काठमाडौँ विश्वविद्यालयका डाक्टरहरू सर्वोच्चमा
फोनबाट रकम माग गर्ने डाक्टर पक्राउ
प्रहरी अस्पतालकी डाक्टर वैशाखदेखि सम्पर्कविहीन
डाक्टर पनि बेरोजगार, काम पाए पनि छैन तलब
नक्कली डाक्टर पक्राउ