नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री जयशंकर स्वदेश फिर्ता

सफल खबर संवाददाता

शुक्रबार, २० पुस २०८०, १२ : ३६
नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री जयशंकर स्वदेश फिर्ता

काठमाडौँ । नेपालको दुई दिने भ्रमण पूरा गरी भारतीय विदेशमन्त्री एस जयशंकर शुक्रबार मध्याह्न स्वदेश फिर्ता भएका छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रमन्त्री एनपी साउदले विदाई गरे । 

नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकमा भाग लिन आएका जयशंकरले बिहीबार उच्चस्तरीय भेटवार्ता गरेका थिए । यस्तै आयोगको बैठकपछि नेपाल र भारतबीच भएका विभिन्न सहमति तथा समझदारी आदानप्रदान भएको थियो । 

शुक्रबार स्वदेश फर्किनुअघि उनले बिहान पशुपतिनाथ मन्दिर परिसरको दर्शन गरेकान थिए ।  शुक्रबार नै जयशंकरले त्रिभुवन विश्वविद्यालयको पुस्तकालय उद्घाटन पनि गरेका थिए ।   

प्रतिक्रिया दिनुहोस