काठमाडौं । भारतीय विदेशमन्त्री एस जयशंकरले चिनियाँ समकक्षी वाङ यीसँग भेटवार्ता गरेका छन् । ब्राजिलमा भइरहेको जी–२० शिखर सम्मेलनका क्रममा दुई विदेशमन्त्रीबीच भेटवार्ता भएको बीबीसीले जनाएको छ ।
वाङ यीलाई भेटेपछि एस जयशंकरले विश्वव्यापी अवस्थाका बारेमा पनि छलफल भएको सामाजिक सञ्जालमार्फत बताएका छन् ।चीनको आधिकारिक पत्रिका ग्लोबल टाइम्सलाई उद्धृत गर्दै बीबीसीमा उल्लेख भएअनुसार उनीहरूले दुई देशबीचको सिधा उडान पुनःस्थापना गर्नेदेखि भिसाको सुविधा र आफ्ना पत्रकारहरूलाई एकअर्काको देशमा काम गर्न दिनेलगायतका धेरै विषयमा कुराकानी गरेका थिए ।
भारतीय विदेश मन्त्रालयले केही समयअघि दुई देशबीच एलएसीमा सेनाको गस्तीसम्बन्धी विषयमा पनि सम्झौता भएको बताएको थियो जसलाई चिनियाँ विदेश मन्त्रालयले पनि पुष्टि गरेको थियो ।
त्यसको केही दिनपछि रुसको काजानमा भएको ब्रिक्स शिखर सम्मेलनका बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच द्विपक्षीय भेटवार्ता समेत भएको थियो ।
उक्त भेटमा भएको छलफलमा एलएसीबाट सेना फिर्ता गर्ने र सन् २०२० मा सुरु भएको विवाद समाधान गर्न दुई प्रधानमन्त्रीबीच भएको सहमतिलाई भारतीय विदेश मन्त्रालयले स्वागत गरेको प्रतिक्रिया दिएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०४ मंसिर २०८१, १४ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अमेरिकी चुनावको नतिजाबाट भारत डराउनु पर्दैन : एस जयशंकर
प्रधानमन्त्री प्रचण्ड र एस जयशंकरबीच भेटवार्ता
'नेपालले सयको नोटमा चुच्चे नक्सा राखेर धरातलीय यथार्थ परिवर्तन हुदैन : एस जयशंकर