प्रधानमन्त्री प्रचण्ड र एस जयशंकरबीच भेटवार्ता

सफल खबर संवाददाता

सोमबार, २८ जेठ २०८१, १३ : ३८
प्रधानमन्त्री प्रचण्ड र एस जयशंकरबीच भेटवार्ता

काठमाडौँ । भारतको भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भारतका नवनियुक्त सङ्घीयमन्त्री एस जयशंकरले शिष्टाचार भेट गरेका छन्। प्रधानमन्त्री ‘प्रचण्ड’ बसेको होटेल ताजमा जयशंकरसँग आज भेट भएको हो।

भेटमा उनीहरुबीच द्विपक्षीय सम्बन्ध, आपसी सहयोग र विगतमा भएका सम्झौता एवं समझदारी कार्यान्वयनका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

सो अवसरमा प्रधानमन्त्रीले भारतको मन्त्री पदमा नियुक्त भएकोमा जयशंकरलाई बधाई एवं कार्यकालको शुभकामना व्यक्त गरेका थिए। आगामी दिनमा दुई देशबीच रही आएको आपसी एवं जनस्तरको सम्बन्ध थप प्रगाढ हुँदै जाने विश्वास व्यक्त गरे।

 

प्रतिक्रिया दिनुहोस