पोखरा विश्वविद्यालयद्धारा बिसीएको नयाँ पाठ्यक्रम लागु, विद्यार्थीहरु उत्साहित

सफल खबर संवाददाता

मंगलबार, १७ पुस २०८०, १३ : ५६
पोखरा विश्वविद्यालयद्धारा बिसीएको नयाँ पाठ्यक्रम लागु, विद्यार्थीहरु उत्साहित

गैँडाकोट । पोखरा विश्वविद्यालयले आफु मातहत रहेका कलेजहरुमा पठनपाठन हुँदै आएको स्नातक तहको बिसीए संकायको नयाँ पाठ्यक्रम लागु गरेको छ। १२ वर्ष पुरानो कोर्षलाई समयसापेक्ष र अन्र्तराष्ट्रिय बजार सुहाँउदो बनाउनका लागि आएको सुझाव अनुसार पोखरा विश्वविद्यालयले बिसीएको नयाँ पाठ्यक्रम लागु गरेको हो ।नयाँ पाठ्यक्रम लागु भएसँगै प्रथम सेमेस्टरका विद्यार्थीहरु उत्साहित भएका छन् ।

पोखरा विश्वविद्यालय विज्ञान तथा प्रविधी संकायका डिन, पाठ्यक्रमा विकास केन्द्रका निर्देशक तथा विषयगत समितिका अध्यक्ष सहित नवलपुरको गैँडाकोटमा भएको कार्यशाला गोष्ठीले पुरानो पाठ्यक्रमलाई परिमार्जन गर्दै नयाँ पाठ्यक्रम लागु गर्ने निर्णय गरेको कलेज अफ ईन्जिनियरिङ एण्ड म्यानेजमेन्ट (अक्सफोर्ड कलेज) का प्राचार्य प्रोफेसर ई। हरि भण्डारीले जानकारी दिए ।

सन् २०११ देखि लागु भएको बिसीए संकायको पाठ्यक्रमलाई परिमार्जन गरि २०२३ को भर्खरै सुरु भएको नयाँ शैक्षिकसत्रदेखि लागु गर्ने निर्णय भएको उनले जानकारी दिए । परिमार्जित कोर्षले विद्यार्थीहरुलाई नयाँ ज्ञान र अन्र्तराष्ट्रिय बजार माग अनुसारको शिक्षा उपलव्ध गराउने उनले बताए  ।

बिसीएको पहिलो सेमेस्टरमा पढाई हुदै आएका  र  थप गरिएको र   लाई हटाएर विषय कायम गरिएको छ । प्राध्यापकहरु ई। हरि भण्डारी, नवराज गौतम , विनोद पौडेल , दिपेन्द्र सिलवाल , भिम भण्डारी , नारायण सापकोटा र किरण केसी लगायतले एकवर्षदेखि निरन्तर अध्ययन र अनुसन्धान गरे पश्चात नयाँ पाठ्क्रम तयार गरि लागु गरिएको हो ।

पोखरा विश्वविद्यालय र अक्सफोर्ड कलेजको आयोजनामा गैँडाकोटमा भएको बिसीए पाठ्यक्रम विकास गोष्ठीमा अक्सफोर्ड कलेज गैँडाकोट, नेशनल एकेडेमी अफ साईन्स एण्ड टेक्नोलोजी धनगढी, राप्ती ईन्जिनियरिङ कलेज दाङ, सीसीटी कलेज बुटवल, लुम्विनी ईन्जिनियरिङ कलेज भैरहवा, लाग्रेन्डी कलेज पोखरा, एनसीआइटी कलेज काठमान्डौका प्रमुख तथा बिसीए संकायका प्राध्यापकहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा पोखरा विश्वविद्यालय विज्ञान तथा प्रविधी संकायका डिन प्रााध्यापक राजेश कुमार ठगुराठी, पाठ्यक्रम विकास केन्द्रका निर्देशक सहप्राध्यापक डा। पुर्ण बहादुर खाँड, कम्प्युटर तथा प्रविधी संकाय विषय समितिका अध्यक्ष प्राध्यापक डा। सुवर्ण शाक्य, कलेज अफ ईन्जिनियरिङ एण्ड म्यानेजमेन्ट (अक्सफोर्ड कलेज) का प्राचार्य प्रोफेसर ई। हरि भण्डारी लगायतले नयाँ पाठ्यक्रम निर्मााणको क्रममा अहोरात्र खटिने प्राध्यापकहरु बधाईको पात्र भएको बताए।

प्रतिक्रिया दिनुहोस