गण्डक । पोखरा विश्वविद्यालयको नयाँ भवन बन्ने भएको छ । विश्वविद्यालयमा नयाँ कार्यक्रम थपिएसँगै विश्वविद्यालय अनुदान आयोग, विभिन्न दातृ निकायको अनुदान सहयोग एवं आफ्नै स्रोत परिचालन गरी नयाँ भवन निर्माण हुन लागेको हो ।
यही साउन १५ गतेदेखि निर्माण सुरु भई ३० महिनाभित्र सम्पन्न हुने भवनको लागत रु ४१ करोड ४३ लाख १७ हजार पाँच सय ५९ रहेको विश्वविद्यालयका सूचना अधिकारी लोकप्रसाद ढकालले जानकारी दिए ।
नयाँ भवन निर्माण गर्नेसम्बन्धी सम्झौतामा बिहीबार हस्ताक्षर भएको छ । प्रस्तावित भवन सात तलाको भवनमा ६६ भवन हुनेछन् । सम्झौतापत्रमा विश्वविद्यालयको तर्फबाट रजिष्ट्रार प्रा. डा.दीपकबहादुर भण्डारी र निर्माण व्यवसायीका तर्फबाट सन्तोष श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०४ साउन २०८१, ११ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पोखरा विश्वविद्यालयबाट सात हजार ८७२ विद्यार्थी दीक्षित
नयाँ छात्रावास भवन निर्माण गर्दै पोखरा विश्वविद्यालय
पोखरा विश्वविद्यालयमा उपकुलपति नियुक्तिका दरखास्त आह्वान
पाठ्यक्रम परिमार्जन गरी विद्यार्थीको आकर्षण बढाउँदै पोखरा विश्वविद्यालय
पोखरा विश्वविद्यालयद्वारा १०० बेडको शिक्षण अस्पताल सञ्चालन