माछापुच्छ्रे बैंक एकैपटक २ अवार्डबाट सम्मानित

सफल खबर संवाददाता

शुक्रबार, १३ पुस २०८०, १५ : २२
माछापुच्छ्रे बैंक एकैपटक २ अवार्डबाट सम्मानित

काठमाडौं। माछापुच्छ्रे बैंक लिमिटेड एकै पटक दुई अवार्डबाट सम्मानित भएको छ ।भिसा इन्टरनेसनलद्वारा काठमाडौंमा आयोजित एक लिडरसिप कन्क्लेभ कार्यक्रममा बैंक भिसा पेमेन्ट एक्सिलेन्स इन क्रेडिट अवार्ड र एक्सिलेन्स इन पोस अक्वायरिङ सर्भिस २०२३ बाट सम्मानित भएको हो ।​

बैंकलाई भिसा सदस्यमध्ये एसोसिएट सदस्यतर्फ क्रेडिट कार्ड र पीओएस मेसिन प्रवर्द्धनमा उत्कृष्ट भएकाले उक्त अवार्ड प्रदान गरिएको हो ।हाल स्मार्ट बैंकको नारासहित डिजिटल बैंकिङ्ग क्षेत्रमा नयाँ आयामहरू थप गर्दै आफ्ना ग्राहकहरूलाई सहज र सुरक्षित डिजिटल भुक्तानीका माध्यमहरू प्रदान गर्दै आइरहेको छ ।​

 

 

 

बैंकले नगदरहित बैकिङ्गलाई बढावा दिँदै पहिलो स्मार्ट बैंकको रुपमा आफूलाई स्थापित गर्ने लक्ष्यमा निरन्तर अगाडि बढिरहेको छ ।हरेक क्षेत्र र वर्गका ग्राहकलाई सरल र सहज बैंकिङ्ग सेवा पुर्‍याउने उद्देश्यका साथ बैंकले देशका ७ वटै प्रदेशमा १६५ शाखा, १२ एक्सटेन्सन काउन्टर, १३० शाखारहित बैंकिङ्ग सेवा, २०३ एटीएममार्फत १५ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस