फेन्सी व्यवसायी र फेन्सी साकोसको तीज विशेष

सोमबार, १८ भदौ २०७५, १६ : २८
फेन्सी व्यवसायी र फेन्सी साकोसको तीज विशेष


फेन्सी व्यवसायी र फेन्सी साकोसको तीज विशेष कार्यक्रम 
भरतपुर । फेन्सी व्यवसायी संघ र फेन्सी साकोस नारायणगढले तीज विशेष कार्यक्रम गरेको छ । फेन्सी साकोसका अध्यक्ष प्रकाश गैरेको अध्यक्षतामा भएको तीज विशेषको औपचारिक  कार्यक्रममा प्रमुख अतिथि भरतपुर महानगरपालिकाकी उपप्रमुख पार्वती शाह रहनुभएको थियो । 
कार्यक्रममा उपप्रमुख शाहले महिला हिंसाको विरुद्धमा नारी सशक्तिकरणमा महिलाको भूमिका रहने बताउनुभयो । उहाँले महिलाहरुलाई तडकभडक नगरी तीज कार्यक्रम मनाउन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘महिला हिंसाको विरुद्धमा आवाज उठाउनूहोस्, सशक्तिमा लाग्नूस तर तडकभडक नगरी मनाउनूहोस ।’
कार्यक्रममा उद्योग वाणिज्य संघका अध्यक्ष सहन प्रधानले तीजलाई सभ्य तरिकाले खुसीयाली साटेर मनाउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘नारीहरुको महान् पर्व तीजलाई  सभ्य वातावरणमा मनाउनुपर्छ ।’
कार्यक्रममा अधिवक्ता फूलमाया रानाभाट, उद्योग वाणिज्य संघका सदस्य रजनी मास्के, फेन्सी व्यवसायी संघका तृतीय उपाध्यक्ष सुलोचना श्रेष्ठलगायतले मन्तव्य दिनुभएको थियो । उहाँहरुले तीजलाई सन्देशमूलक चाडको रुपमा लैजान नारी सशक्तिकरणको रुपमा विकास गर्न सबैलाई आग्रह गर्नुभएको थियो । 
तीज विशेष कार्यक्रममा उपस्थित हुनभएकी गायिका सरिता गुरुङको गीतमा चेलीहरु नाचगान गरेका थिए । गुरुङको तीजका भाकाले दर्शकलाई थप मनोरञ्जन मिलेको थियो । कार्यक्रम फेन्सी व्यवसायी संघकी दीपा शाहीले सञ्चालन गर्नुभएको थियो । 
 

प्रतिक्रिया दिनुहोस