काठमाडौं । आजभन्दा १० वर्षअघि सन् २००८ को सेप्टेम्बर २ मा गूगलले आफ्नो क्रोम ब्राउजर पहिलोपटक सार्वजनिक गरेको थियो । त्यतिखेर गूगलले यसलाई ब्राउजरको दुनियाँमा ताजा प्रयास भनेको थियो ।
क्रोम आउनुअघि माइक्रोसफ्ट इन्टरनेट एक्सप्लोरर, मोजिला फायरफक्स र एप्पलको सफारी ब्राउजर लोकप्रिय थिए । तर क्रोमले वेब ब्राउजिङलाई परिवर्तनै गरिदियो । दश वर्षमा क्रोमले प्रयोगकर्ताहरूलाई राम्रो अनुभव दिलाएको छ ।
क्रोम बजारमा आउँदा यसको इन्टरफेस एकदम सजिलो थियो अर्थात् त्यसको उपयोग गर्न सहज थियो । सयमसँगै यसको इन्टरफेस राम्रो बन्दै गयो र क्रोम एक्सटेन्सन जस्ता फीचरहरू थपिए । सबभन्दा राम्रो कुरा त क्रोम ओपन
गर्नेबित्तिकै गूगल सर्च पेज आउन थाल्यो र सर्च गर्न सजिलो बनायो र मानिसलाई त्यो मन प–यो ।
गूगलले नयाँ नयाँ फीचरहरू थप्दै गएको छ । तीमध्ये सबभन्दा बढी प्रयोग हुने फीचर याड ब्लकर्स हुन् । वेबपेजमा विज्ञापन नदेखाउन प्रयोगकर्तालाई यसबाट सहज भएको छ ।
क्रोम अन्य ब्राउजरको तुलनामा फास्ट छ । माइक्रोसफ्ट एक्सप्लोररको तुलनामा यो ५६ प्रतिशत छिटो छ भने फायरफक्स र सफारीको तुलनामा १० गुणा छिटो छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, १८ भदौ २०७५, १५ : ३२
लेखकबाट थप