राष्ट्र संकटपूर्ण अवस्थामा उभिएको छ : सभापति देउवा

सफल खबर संवाददाता

शनिबार, ०७ पुस २०८०, १३ : २९
राष्ट्र संकटपूर्ण अवस्थामा उभिएको छ : सभापति देउवा

काठमाडौं । नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्र संकटपूर्ण अवस्थामा उभिएको बताएका छन् ।

शनिवार पार्टीको बागमती प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै उनले राष्ट्र एउटा दोधारमा उभिएको दाबी गरे । उनले अहिलेको बेला सबैले मिलेर र खास गरी कांग्रेसले नेतृत्वदायी भूमिकामा बसेर काम गर्न जरुरी रहेको बताए ।

उनले गणतान्त्रिक लोकतान्त्रिक व्यवस्था महत्त्वपूर्ण भएको उल्लेख गर्दै यो व्यवस्था समावेशितामा आधारित व्यवस्था भएको बताए । सभापति देउवाले पार्टीलाई अझै सुदृढ गर्दै तल्लो स्तरबाटै पार्टीलाई पूर्ण रूपमा प्रतिबद्ध गराइ बलियो बनाउन लाग्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस