पोखरा । फेवाताल किनारमा फोटो खिच्नेसँग पैसा असुली गरेको आरोपमा पक्राउ परेका चार जना जेल चलान भएका छन् । पोखरा महानगरपालिका ६ का वडा सदस्य दीपेन्द्र पहारीसहित लेकसाइडकै ४१ वर्षीय विकास पहारी, २२ वर्षीय प्रवीन विश्वकर्मा र २४ वर्षीय अभिषेक परियार ठगी आरोपमा पक्राउ परेका थिए ।
उनीहरुलाई पुर्पक्षका लागि थुनामा पठाइएको छ ।फेवातालको किनारमा फोटोग्राफी गर्दै आएकासँग विभिन्न किसिमबाट ठगी गरेको जाहेरीको आधारमा उनीहरु पक्राउ परेका थिए ।
चारैजनालाई आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी मुद्धामा अनुसन्धान गरिएको थियो । उनीहरुले फोटोग्राफीसँग प्रतिव्यक्ति साढे १३ हजार असुल गरेको अनुसन्धानले देखाएको छ । उनीहरुविरुद्ध १५ जनाले जाहेरी दिएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०६ पुस २०८०, १५ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ठगी मुद्दामा भियतनामी अर्बपतिलाई मृत्युदण्ड