एजेन्सी । वेस्टह्यामविरुद्ध प्रभावशाली जित निकाल्दै लिभरपुल ईएफएलको सेमिफाइनलमा प्रवेश गरेको छ। घरेलु मैदान एनफिल्डमा लिभरपुलले वेस्टह्यामलाई ५–१ को फराकिलो अन्तरले पराजित गर्यो।
डोमिनिक सोबोस्लाइले २८ मिनेटमा २५ यार्डबाट गोल गर्दै लिभरपुललाई अग्रता दिलाए। कर्टिस जोन्सले ५६ औं मिनेटमा अग्रता दोब्बर पारे। ७१ औं मिनेटमा कोडी गाक्पोले सिजनको आफ्नो आठौँ गोल गरेपछि लिभरपुलले ३–० को अग्रता लियो।
७७ औँ मिनेटमा जारोड बोवेनले वेस्टहमका लागि सान्तोना गोल फर्काए। ८२ औं मिनेटमा मोहम्मद सलाह र त्यसको २ मिनेटपछि जोन्सले व्यक्तिगत दोस्रो गोल गर्दै ५–१ को जित निश्चित गरे।
जोन्सको दोस्रो गोल लिभरपुलले यस प्रतियोगितामा गरेको ५ सयौँ गोल थियो। योसँगै २०२२ को च्याम्पियन लिभरपुल कीर्तिमान विस्तार गर्दै १० औं पटक उपाधि जित्ने लक्ष्यमा छ।
लिभरपुलले सेमिफाइनलमा फुलह्यामको सामना गर्नेछन्। सेमिफाइनलको पहिलो लेग ८ जनवरी र दोस्रो लेग त्यसको दुई हप्ता पछि हुनेछ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, ०५ पुस २०८०, ०८ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लिभरपुलसँगको दुरी कम गर्दै चेल्सी
च्याम्पियन्स लिगः लिभरपुल अन्तिम १६ नजिक
प्रिमियर लिगमा सिटीको हार कायमै, लिभरपुलको फराकिलो शीर्षस्थान
चेल्सीमाथि लिभरपुलको सहज जित
लिभरपुलको लगातार दोस्रो जीत
डियाज र सलाहको गोलमा लिभरपुल विजयी