काठमाडौँ जिल्ला अदालतमा टोकन प्रणाली सुरु

सफल खबर संवाददाता

सोमबार, ०२ पुस २०८०, १२ : ५४
काठमाडौँ जिल्ला अदालतमा टोकन प्रणाली  सुरु

काठमाडौँ । जिल्ला अदालत काठमाडौँमा टोकन प्रणाली सुरुआत गरिएको छ । सेवाग्राहीलाई सहज सेवाका लागि आज (सोमबार)बाट टोकन प्रणालीको सुरुआत गरिएको हो ।

अदालतमा आउने सेवाग्राहीले सेवा लिँदा भीड नहोस् भनेर टोकन प्रणालीको सुरुआत गरिएको काठमाडौँ जिल्ला अदालत बार एसोसिएसनका अध्यक्ष अधिवक्ता रामचन्द्र पौडेलले बताए ।

अदालतलाई प्रविधिमैत्री अदालत बनाउने योजनाअनुसार आफूहरू अघि बढेको उनको भनाई छ ।

 

प्रतिक्रिया दिनुहोस