एजेन्सी । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा टोटनहमले नटिङ्घम फरेस्टलाई हराएको छ । गएराति भएको खेलमा टोटनहम २–० गोलले विजयी भएको हो ।
टोटनहमलाई जिताउन रिचार्लिसन र डेजन कुलसेभ्सकीले एक/एक गोल गरे ।
जितसँगै टोटनहम १७ खेलमा ३३ अंककासाथ तालिकाको पाँचौँ स्थानमा छ । समान खेलमा १४ अंक रहेको नटिङ्घम फरेस्ट १६औँ स्थानमा छ ।
प्रिमियर लिगमा १६ खेलमा ३७ अंककासाथ लिभरपुल शीर्ष स्थानमा छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, ३० मंसिर २०८०, ०७ : ४७
लेखकबाट थप