काठमाडौँ। भ्रष्टाचार गरेको आरोप लागेसँगै जापानका चार मन्त्रीहरूले आफ्नो पदबाट राजीनामा दिएका छन् । चुनावी चन्दा सङ्कलनका क्रममा रकम हिनामिना गरेको आरोप लागेका ती चार मन्त्रीहरूले बिहीबार राजीनामा दिएका हुन् ।
बिबिसीका जापानको सत्ताधारी उदार प्रजातान्त्रिक पार्टीका चार मन्त्रीको राजीनामा आएसँगै जापानी प्रधानमन्त्री फुमिओ किसिदालाई सकस बढेको छ । राजीनामा दिनेहरूमा मन्त्रिपरिषद् सचिव तथा सरकारका प्रवक्ता हिरोकाजु मात्सुनो पनि छन् । उनी प्रधानमन्त्रीका सबैभन्दा निकट मानिएका प्रभावशाली अनुहार हुन् ।
राजीनामा दिने अरु तीन मन्त्रीमा अर्थ तथा उद्योग मन्त्री यासुतोसी निसीमुरा, आन्तरिक मामिला मन्त्री जिन्जी सुजुकि र कृषि मन्त्री इचिरो मियासिता रहेका छन् । चार मन्त्रीका अतिरिक्त पाँच सहायक मन्त्रीहरू जो सोही गुटका हुन, तीनले पनि राजीनामा दिएका छन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, २८ मंसिर २०८०, १४ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जापानमा बर्डफ्लूको प्रकोप, ५० हजार कुखुरा नष्ट !
जापानमा आगलागीमा परेर आठ जनाको मृत्यु
जापान र श्रीलङ्काका राजदूतद्वारा राष्ट्रपतिसँग बिदाइ भेट
जापानको प्रधानमन्त्रीमा इसिबा निर्वाचित
बहुमत गुमाएपनि जापानका प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने
जापानमा बर्डफ्लु सङ्क्रमणपछि उच्च सतर्कता