सहकारी एकीकरण हुनुपर्छ : मन्त्री अर्याल

शनिबार, १६ भदौ २०७५, १९ : ००
सहकारी एकीकरण हुनुपर्छ : मन्त्री अर्याल

बागलुङ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले सहकारी धेरै भएको भन्दै एकीकरणमा जानुपर्ने बताउनुभएको छ । 

आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङको १२औँैं साधारणसभालाई आज सम्बोधन गर्दै उहाँले सहकारी थोरै तर प्रभावकारी हुनुपर्नेमा जोड दिनुभयो । सबै सहकारीमा राज्यको समान दृष्टि पुगेन, सबैलाई अभिभावकत्व दिन सकिएन,’ उहाँले भन्नुभयो, “अब एकीकरणतर्फ जानुपर्छ ।’ उहाँले सरकारले एकीकरण अभियान चलाएपनि अपेक्षित रुपमा सहकारी एकीकरण नभएको बताउनुभयो । 
सो अवसरमा सहकारीका संस्थापक अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य मनकुमारी केसीले मन्त्री अर्याललाई सम्मानपत्र प्रदान गर्नुभएको थियो । 
मन्त्री अर्यालले सहकारीले यो वर्षदेखि दिन शुरु गरेको ज्येष्ठ शेयर सदस्य ‘पेन्सन’ कार्यक्रमसमेत शुभारम्भ गर्नुभएको थियो । रासस

प्रतिक्रिया दिनुहोस