‘रोज’लाई रोज्लान् कि नरोज्लान् दर्शकले !

सफल खबर संवाददाता

शनिबार, १६ भदौ २०७५, १७ : ४९
‘रोज’लाई रोज्लान् कि नरोज्लान् दर्शकले !

चितवन । नेपाली कथानक चलचित्र भदौ २२ गतेदेखि देशभर प्रदर्शनमा आउने भएको छ । 
क्राईम स्टोरीमा बनेको प्रदीप खड्काको अभिनित यस फिल्ममा प्रदीपलाई क्राइम र रोमान्टिक अवतारमा प्रस्तुत गरिएको निर्माण पक्षले जनाएको छ । फिल्ममा प्रदीपसँगै नायिकाद्वय परमिता राणा र मिरुना मगरको पनि दमदार अभिनय रहेको छ । चलचित्र रोजलाई दर्शकले रोज्लान् कि नरोज्लान् त्यो भने भदौ २२ गते पछि नै थाहा हुन्छ । 
नारायणगढमा निर्माण पक्षले पत्रकार सम्मेलन गरेर दर्शकको रोजाइमा रोज चलचित्र पर्ने दावी गरेको छ । प्रदीप खड्काले आफ्नै प्रेमिकाको हत्या गरेको प्रसंगलाई दर्शकले रुचाउन निर्माण पक्षले जनाएको छ । ‘कसरी किन हत्या गरेको त्यो भने सस्पेन्स नै छ’ पत्रकार सम्मेलनमा नायक खड्काले भने । 
निरक पौडेलको निर्देशनमा तयार भएको चलचित्रमा एलिश कार्कीको सङ्गीत, मित्र डी गुरुङको सम्पादन, राजुविक्रम थापाको डीओपी र केदार भुषालको लेखन छ । चलचित्रको गीतमा प्रविशा अधिकारी, प्रताप दास र निशान भट्टराईको आवाज भरिएको छ । चलचित्रको युनिट यतिबेला प्रचारप्रसारको लागि देश दौडाहामा छ । 
सस्पेन्स थ्रिल फिल्म रोजलाई दर्शकले कति दिन रोज्ने हुन् त्यो त समयले दखाउनेछ । 
 

प्रतिक्रिया दिनुहोस